फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो, दैनिक ४ अर्ब माथिको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआर मर्चेन्ट संख्या १० लाख नाघेको छ । नेपाललाई क्यासलेस बनाउने योजना अनुसार ‘नगद छोडौं, फोनपे गरौं’ भन्ने नारासहित तीन वर्ष अगाडि स्थापना भएको फोनपेमा छोटो समयमै आम व्यवसायीको आकर्षण बढेको हो ।
फोनपे नेटवर्क मार्फत हाल दैनिक ४ अर्ब बढिको कारोबार हुँदै आएको छ । वित्तीय क्षेत्रमा फोनपेले बनाएको यो नयाँ रेकर्डसँगै डिजिटल भुक्तानीको क्षेत्रमा ठूलो परिवर्तन समेत आएको छ । फोनपेको सेवा हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा पुगिसकेका छन् । गाउँ गाउँसम्म विस्तार भइसकेको फोनपे क्यूआर शहरका अधिकांश पसलमा देखिन थालेका छन् । डिजिटल कारोबारमा आएको यस परिवर्तनले मर्चेन्ट र ग्राहकलाई सहज बनाउनुका साथै नेपालको डिजिटल इकोनोमिमा ठुलो परिवर्तन ल्याउँदै जान थालेकोे देखिन्छ ।
मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने, “ हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगद रहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ । यसले नगदको प्रयोगमा कमी ल्याउँदै डिजिटल इकोनोमीको बाटोमा अझ रफ्तारमा लगेको छ । यस समर्थनको लागि म सबै मर्चेन्ट, ग्राहक तथा बैंक तथा वित्तीय संस्थालाई धन्यवाद दिन चाहान्छु । आगामी दिनमा हामी डिजिटल कारोबारलाई बढवा दिन मर्चेन्ट र ग्राहकलाई थप परिष्कृत सेवा दिँदै जानेछौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश
-
प्रेस युनियनको आयोजनामा शनिबारदेखि ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ हुने
-
विपक्षी दलकै धारणा छरपस्ट, रास्वपा प्रतिपक्षीभन्दा सरकारसँग नजिक
-
भारतका लागि समर्थन खोज्न भगतसिंह आएकै बेला के–के भयो नेपालमा ?
-
गभर्नरको आशाले उचालियो सेयर बजार, ३७ अंकले बढ्दा ८२ अंकको उतारचढाव
-
अपडेट : आईपीएल एक साताका लागि स्थगित