शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णु पौडेललाई वामदेव नेतृत्वको एकता अभियानको समर्थन

सोमबार, २१ कात्तिक २०७९, १७ : ४३
सोमबार, २१ कात्तिक २०७९

वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानले रुपन्देही–२ मा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार विष्णु प्रसाद पौडेललाई समर्थन गरेको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज महेन्द्र अर्यालले पौडेल एमाले पार्टीका लागि मात्रै नभएर सिंगो राष्ट्रका लागि आवश्यक पात्र भएकाले  समर्थन गर्ने निर्णय भएको बताए । 
पौडेल सिंगो वामपन्थी आन्दोलनलाई एकीकृत गरेर लैजानुपर्छ भन्ने मान्यता बोकेका व्यक्ति भएको उनको भनाइ छ । 

नेकपा एकता अभियानका रुपन्देही जिल्ला इन्चार्ज राधेश्याम गुप्ताले रुपन्देही–२ मा आफूहरुको २५ सय मतदाता रहेको दावी गरे ।  वामदेव गौतमको अभियान  अहिले कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छैन । रुपन्देही–२ मा एमालेका उम्मेदवार पौडेल र सत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टी केशव थापाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप