पीएम कप : मधेश प्रदेश सेमिफाइनलमा

मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बागमती प्रदेशसँगको ‘म्याच टाइ’ भएपछि मधेश प्रदेश सेमिफाइनलमा पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मधेशले दिएको १९१ रनको लक्ष्य पछ्याएको बागमतीले ४९ ओभर २ बलमा अलआउट हुँदै १९० रन जोडेको थियो ।
अन्तिम ओभरमा एक रन जोड्न नसक्दा बागमती जितबिहिन हुँदै बाहिरिएको हो । बागमतीका लागि पृथु बास्कोटाले ४० रन जोडे । त्यस्तै रित गौतमले ३२ रन बनाउँदा इशान पाण्डेले ३१ रन जोडे । मधेशका राजेश यादव र प्रदीप पासवानले तीन÷तीन विकेट लिए । त्यस्तै रुपेश सिंहले दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ४६ ओभर २ बलमा अलआउट हुँदै १९० रन बनाएको थियो । मधेशका लागि रोहन बिकले ६३ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै सन्तोष कार्कीले २३ रन बनाउँदा कप्तान हरिशंकर कार्कीले १३ रनको योगदान गरे ।
बागमतीका नन्दन यादव र सुर्य तामाङले तीन÷तीन विकेट लिए । रामनरेश गिरी र सूर्य तामाङको नाममा दुई/दुई विकेट हात पारे । बराबरीसँगै समूह ‘बी’ को मधेशले अन्तिम खेलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिस ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ । मधेस ५ अंक जोडेर दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता
-
नेपाल बैङ्कले बोलायो साधारणसभा, तीन सञ्चालक निर्वाचन गर्ने एजेन्डा
-
सङ्घीयताबाट पछाडि हट्न सक्ने स्थिति छैन : सांसद चन्द