सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी छ : पर्यटनमन्त्री श्रेष्ठ

सोमबार, २१ कात्तिक २०७९, १६ : ५९
सोमबार, २१ कात्तिक २०७९

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले देशको संस्कृति र सभ्यताको संरक्षण गर्न जरुरी रहेको बताएका छन् ।  सोमबार काठमाडौंमा आयोजित ‘रानी माया’ गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि प्रकृति, संस्कृति र साहसिक खेलहरूको विकास गर्न जरुरी रहेको पनि बताए । उनले नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर नेपालले पर्यटन क्षेत्रको विकास गर्न आवश्यक भएको बताए ।

उनले मन्त्रालयले प्रकृति, संस्कृति र साहसिक खेलहरूलाई मध्यनजर गरेर पर्यटन विकासका लागि काम अघि बढाइरहेको बताए । उनले देशको पर्यटन विकासका लागि सिनेमा, गीतको भिडियोहरूमा नेपालमा नै रहेका मौलिकता झल्काउने ठाउँको प्रयोग गर्न आवश्यक रहेको बताए ।

उनले भने– ‘हाम्रो देशको सभ्यता, संस्कृति जुन छ, त्यसको संरक्षण, संवर्द्धन गर्ने काम हामीले गर्नुपर्छ । हाम्रो पर्यटन क्षेत्रको प्रवर्द्धनको लागि नेचर, कल्चर र एड्भान्चरलाई केन्द्रित गरेर हामीले हाम्रो देशको पर्यटनलाई विकास गर्नुपर्छ । त्यही अनुसार मैले मन्त्रालयको कामहरू अघि बढाएको पनि छु । सांस्कृतिक, गीत, संगीत, सिनेमाहरूले पनि देशलाई चिनाउँछ । हामीले आफ्नै देशमा मौलिकताहरु झल्कने ठाउँको त्यसको उजागर गर्नुपर्छ ।’
कार्यक्रममा महानायक राजेश हमालले रानी माया गीत हरेक दर्शकहरुको लागि मनोरञ्जन दिने सन्देशमुलक गीत रहेको बताए ।

‘रानी माया’ बोलको गीत ढाका टोपी फिल्मसको प्रस्तुतिमा सार्वजनिक भएको हो । जिबी आग्रीको निर्देशनमा रहेको गीत श्रीकृष्ण बम मल्लको शब्द र कृष्ण विक संगीत छ । साथै गीतमा कृष्णलाई समीक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् । ११ मिनेट लामो गीतमा गायक बिक र अनु आचार्यको अभिनय छ । गीतको छायांकन सञ्जय लामाले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप