शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वीको निकै नजिक भेटियो ब्ल्याक होल, सूर्यभन्दा १० गुणा ठूलो

सोमबार, २१ कात्तिक २०७९, १४ : ४५
सोमबार, २१ कात्तिक २०७९

खगोलविद्हरुले पृथ्वीको सबैभन्दा नजिकको ब्ल्याक होल फेला पारेको शुक्रबार घोषणा गरेका छन् । एनएसएफको नोयरल्याबद्वारा सञ्चालित अन्तरराष्ट्रिय जेमिनी अब्जर्भेटरी प्रयोग गरी उक्त ब्ल्याक होल भेटिएको हो ।

यो ब्ल्याक होल हाम्रो सूर्य भन्दा करिब १० गुणा ठूलो छ । यो ब्ल्याक होल पृथ्वीबाट १,५६० प्रकाश वर्ष टाढा छ । अहिलेसम्म सबैभन्दा नजिक मानिएको ब्ल्याक होलभन्दा यो दोब्बर नजिक छ । यस ब्ल्याक होललाई  गैया BH1 (Gaia BH1) नाम दिइएको छ, जुन बाइनरी सिस्टममा छ, जसको अन्य सदस्य एक सूर्यजस्तो तारा छ । यो ब्ल्याक होल लगभग त्यति नै टाढा छ जती पृथ्वी र सूर्य बीचको दुरी छ जसले यसलाई थप विशेष बनाउँछ । दोस्रो सबैभन्दा नजिकको ब्ल्याक होल लगभग ३००० प्रकाश वर्ष टाढा छ ।

म्यासाचुसेट्समा हार्वर्ड–स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्स र म्याक्स प्लेङ्क इन्स्टिच्युट फर एस्ट्रोनोमीका अध्ययनका प्रमुख लेखर करिम अल बद्रीले भने, ‘जहाँ सूर्य छ, त्यहाँ ब्ल्याक होल मान्नुहोस् र जहाँ पृथ्वी छ त्यसलाई तारा मान्नुहोस्, तपाईंले यस्तै सिस्टम पाउनुहुनेछ ।  यस्तो सिस्टम भेटियो भनेर पहिले पनि दाबी गरिएको छ तर पछि यी सबैलाई खण्डन गरियो ।’

उनले थपे, ‘पहिलो पटक हाम्रो ग्यालेक्सीमा तारकीय द्रव्यमानको ब्ल्याक होलको वरिपरि फराकिलो कक्षमा रहेको सूर्यजस्तो तारा पत्ता लागेको छ ।’

जेमिनी टेलिस्कोपले पत्ता लाग्यो ब्ल्याक होल

ब्ल्याक होलको नजिक रहेको यो ताराले यसले परिक्रमा गरिरहेको छ । खगोलविद्हरूले ब्ल्याक होलसँग यसको गतिको अवलोकन गर्नका लागि हवाईमा स्थित जेमिनी उत्तरी टेलिस्कोपको प्रयोग गरे जुन जेमिनी अब्जरभेटरीको जुम्ल्याहा दुरबिन हो । टोलीले पहिलो पटक युरोपेली अन्तरिक्ष एजेन्सीको गाया अन्तरिक्ष यानबाट प्राप्त डाटा विश्लेषण गरेर ब्ल्याक होलको उपस्थिति पहिचान गर्‍यो । त्यसपछि जेमिनी नर्थमा जेमिनी मल्टी–अब्जेक्ट स्पेक्ट्रोग्राफ उपकारको प्रयोग गरेर ब्ल्याक होलको पहिचान गरियो ।

आकाशगंगामा छन् १० करोड ब्ल्याक होल

खगोलविद्हरू हाम्रो आकाशगंगामा लगभग १० करोड स्टेलर–मास ब्ल्याक होल भएको विश्वास गर्छन् । यिनीहरु हाम्रो सूर्यभन्दा पाँचदेखि १०० गुणा ठूला छन् ।

अल बद्रीले भने, ‘जब पहिलो पटक हामीलाई यो सिस्टममा ब्ल्याक होल भएको संकेत मिल्यो तब ब्ल्याक होल र तारा सबैभन्दा करिब हुन एक हप्ताको समय बाँकी थियो । बाइनरी सिस्टमको सटिक द्रव्यमानको अनुमान लगाउनका लागि यो बिन्दुमा मापन अत्यावश्यक थियो । परियोजनाको सफलताका लागि जेमिनीको कम समयमा नै अवलोकन प्रदान गर्ने क्षमता महत्वपूर्ण थियो । यदि हामी यसमा विफल भएको भए हामीले एक वर्ष थप प्रतीक्षा गर्नुपर्दथ्यो । ’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप