शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

तोसिमा कार्कीको उम्मेदवारीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा

सोमबार, २१ कात्तिक २०७९, १४ : १८
सोमबार, २१ कात्तिक २०७९

ललितपुर क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी यथावत् राख्नु भन्ने अन्तरिम आदेशविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सोमबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको छ । निर्वाचन आयोगले तोसिमाको उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्ने गत मंगलबारको सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध परेको रिटको मंगलबारको सुनुवाइ हेर्न नभ्याइनेमा परेको हो । 

उक्त अन्तरिम आदेश बदर गरी पाउँ भनि गत शुक्रबार आयोगले सर्वोच्च अदालतमा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्न सोमबारका लागि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेसी तोकिएको थियो । तर, ‘हेर्न नभ्याइने’मा परेको छ । 

गत मंगलबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले कार्कीको उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अदालतले उम्मेदवारी खारेज गर्नुपर्ने कारणबारे आयोगसँग लिखित जवाफ समेत मागेको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकी कार्कीलाई लाभको पदमा कायम रहेको भन्दै आयोगले कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।-न्युज कारखाना 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप