शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रबिनालाई मान्थे श्रीमती, खतरनाक प्रशंसकले पठाए रगत भरिएका सिसी–अश्लील तस्बिर

सोमबार, २१ कात्तिक २०७९, १२ : २८
सोमबार, २१ कात्तिक २०७९

रबिना टन्डन बलिउडकी दिग्गज अभिनेत्रीमध्ये एक हुन् । रबिनाको चार्म र प्रशंसकको मनमा प्रेम उनका लागि आज पनि यथावत् छ । रबिनाले आफ्नो फिल्मी करियरमा थुप्रै हिट फिल्म दिएका छन् । एक राम्री अभिनेत्री हुनुका साथै रबिना आफ्नो बिन्दास एटिट्युडका लागि पनि परिचित छिन् । रबिनाका प्रशंसक थुप्रै छन् तर उनका एक प्रशंसक उनका लागि पागलपनको हदसम्म पुगेका थिए ।

जब प्रशंसकले रबिनालाई दिए तनाव

रबिना टन्डनले एक प्रशंसकको पागलपनबारे आफ्नो पछिल्लो अन्तरवार्तामा खुलासा गरेकी छिन् । रबिनाका अनुसार उनका एक प्रशंसक यस्ता थिए जसले रबिनाका बच्चालाई आफ्नो बच्चा भन्थे र रबिनासँग उनको विवाह भइसकेको ठान्थे ।

इ टाइम्ससँगको कुराकानीमा रबिना टन्डनले भनिन्, ‘गोवाका एक प्रशंसक थिए जसले यो मान्थे कि मेरो विवाह उनीसँग भएको छ, मेरो बच्चा उनको बच्चा हुन् । उनले आफ्नो रगतले भरिएका सिसी मलाई कुरियरमार्फत् पठाउँथे । रगतले चिट्ठी लेख्थे र अश्लील तस्बिर पनि पठाउँथे ।’

रबिनाका श्रीमानमाथि हमला

रबिनाका अनुसार एकपटक उनका श्रीमान् अनिल थडानीको कारमा कसैले ठूलो ढुङ्गाले हमला गरेका थिए । त्यतिबेला उनले प्रहरीलाई खबर गरेकी थिइन् । रबिनाले थपिन्, ‘यस्तै अर्का प्रशंसक थिए । ती मेरो घरको गेटमा बसिरहन्थे ।’ रबिना यस्ता खालका मानिसहरुका कारण निकै तनावमा परेकी थिइन् । उनलाई मानिसहरुको पागलपनसँग डर लाग्थ्यो । रबिनाका केही प्रशंसक उनका लागि टाउको दुखाई बनेका थिए ।

रबिनाको कामको कुरा गर्ने हो भने उनलाई अन्तिम पटक केजीएफ टुमा देखिएको थियो । उनको पात्र र अभिनयलाई फिल्ममा निकै रुचाइएको थियो । रबिना सोसल मिडियामार्फत् प्रशंसकसँग कनेक्टेड रहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप