रुपन्देहीमा श्रीमान्–श्रीमती मृत अवस्थामा फेला
सोमबार, २१ कात्तिक २०७९, १० : ०२
रुपन्देहीमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । देवदह नगरपालिका–५ काे पाल्पाली टोलमा घरभित्र चुकुल लागेको अवस्थामा श्रीमान् र श्रीमतीको शव फेला परेको प्रहरीले जनाएको हो । कतारबाट छुट्टी आएका ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीय हेमकला जोल्मी मगर आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीको भनाई छ ।
श्रीमतीको शव भुइँमा तन्नाले बेरिएको अवस्थामा रहेको र श्रीमानको शव पङ्खामा झुन्डिएको अवस्थामा रहेको देखिएकाले श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको देवदह प्रहरी चौकीका प्रमुख गंगाबहादुर सारुले जानकारी दिए । इलाका प्रहरी कार्यालय बुटवलको टोली आएपछि थप प्रक्रिया अगाडि बढेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन