शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

दाइका लागि सर्लाहीमा भोट माग्दै अभिनेता निखिल

सोमबार, २१ कात्तिक २०७९, ०९ : १२
सोमबार, २१ कात्तिक २०७९

अभिनेता निखिल उप्रेती पनि अहिले चुनावी प्रचारमा खटिएका छन् । पछिल्लो समय अध्यात्म रोजेर फिल्म अभिनयबाट टाढा रहँदै आएका निखिल सर्लाही क्षेत्र नं. ३ का एमाले उम्मेदवार हरि प्रसाद उप्रेतीलाई भोट मागी रहेका छन् ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका उप्रेती उनका दाइ हुन् । उनी केही समययता सर्लाही नै बसेर दाइको चुनावी गतिविधिमा सहयोगी बन्दै आइरहेका छन् । चुनाव प्रचारको क्रममा निखिलले राम्रो काम गर्नेलाई भोट दिन आग्रह समेत गर्दै आइरहेका छन् । ‘दाइको चुनावी अभियानमा साथ दिन म पनि हिँडेको छु । म हिँड्नुको पछाडि चुनाव मात्र होइन, मेरो अभियान पनि दर्शकसँग जोडिएको छ’ निखिलले अगाडि भन्ने गरेका छन्, ‘तपाईंहरूले फिल्म हेरिदिएकाले म निखिल उप्रेती भएको हुँ । त्यसैले मेरो बाँकी जीवन दर्शकहरूको दुःख र पीडामा मलम बन्नेछ ।’

केही अगाडिसम्म ‘अहिलेका राजनीतिक दलबाट देशको विकास सम्भव छैन’ भन्दै अभिव्यक्ति दिने निखिल २०७८ सालमा देवप्रकाश त्रिपाठीको संयोजकत्वमा गठन भएको एकीकृत शक्ति नेपालमा पनि लागेका थिए । अहिले यो पार्टीले प्रतिनिधि सभा र प्रदेश सभाका लागि विभिन्न क्षेत्रमा उम्मेदवार उठाएको छ । तर, उनी भने एकीकृत शक्ति नेपालका उम्मेदवारलाई सहयोग र समर्थन नगरेर एमालेबाट उठेका दाइलाई जिताउने अभियानमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप