शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

विदेशीलाई व्यावसायिक भिसामा कडाइ

सोमबार, २१ कात्तिक २०७९, ०५ : ३७
सोमबार, २१ कात्तिक २०७९

सरकारले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्रै विदेशी लगानी स्वीकृत गराउने माथि कडाइ गर्ने भएको छ । नेपालमा उद्योगधन्दा खोल्ने भनेर उद्योग विभागबाट लगानी स्वीकृत गराई व्यावसायिक भिसा लिने तर लगानी नगर्नेहरूलाई निरूत्साहित गर्न व्यावसायिक भिसा सिफारिसमा कडाइ गर्न लागिएको हो ।

उद्योग विभागले व्यावसायिक भिसा सिफारिसलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै भिसा सिफारिसमा केही नयाँ व्यवस्था गरेको छ । यसले व्यावसायिक भिसालाई वास्तविक लगानीसँग आबद्ध गर्न सकिने विभागका महानिर्देशक रामचन्द्र तिवारी बताउँछन् । कतिपय विदेशी नागरिकमा नेपालमा वास्तविक लगानी गर्नु नभइ केही समय बसोवास गर्ने र भिसाको म्याद सकेर गन्तव्यमा फर्किने मनसाय देखिएको उनको भनाइ छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप