यस्ता छन् लोसपाको १४ प्रतिबद्धता
विभिन्न १४ प्रतिबद्धतासहित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि लोसपाले आफ्नो घोषणापत्रमा सक्षम नेतृत्व, प्रभावकारी सेवा र भ्रष्टाचाररहित स्थानीय सरकारमा प्रतिबद्धता जनाएको छ ।
यस्तै व्यवहारिक शिक्षाको विकास, स्वस्थ नागरिक एवम् समृद्ध देश, महिला सशक्तीकरण, कृषिको आधुनिकीकरण, चुरे संरक्षण, जेष्ठ नागरिकको सम्मान, युवा सशक्तीकरण एवम् उद्यमशीलता प्रवर्द्धन, प्रभावकारी विपद् व्यवस्थापन, भौतिक पूर्वाधारको विकासमा पनि लोसपाले प्राथमिकता दिएको छ ।
यस्तै जनकपुरलाई अन्तर्राष्ट्रिय पर्यटन एवं विश्व हिन्दूको केन्द्र बनाउने, वीरगन्जलाई मधेस प्रदेशको आर्थिक कारोबार र व्यापारको केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगन्जलाई आर्थिक विकासको मेरुदण्ड बनाउने प्रतिबद्धता लोसपाको छ । यस्तै लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरूका लागि अन्तर्राष्ट्रिय तीर्थस्थल एवम् ध्यान केन्द्रको रुपमा विकास गर्ने पनि लोसपाको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन