बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पीएसजीको जितमा नेयमारको गोल

आइतबार, २० कात्तिक २०७९, २२ : ०६
आइतबार, २० कात्तिक २०७९

नेयमार जुनियरको गोलमा फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । आइतबार भएको खेलमा पीएसजीले लोरीएन्ट एफसीलाई २–१ गोल अन्तरले हराएको हो । लोरिएन्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र डेनिलो पेरेइराले एक–एक गोल गरे । 

यता लोरिएन्टका लागि टेरेम मोफिले एक गोल फर्काए । खेलको नवौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । यता लोरिएन्टका लागि खेलको ५३ औं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।  खेलको ८१ औं मिनेटमा नेयमारको पासमा डानिलो पेरिएराले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाए ।

जितसँगै पीएसजीले १४ खेलमा ३८ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । पराजित लोरीएन्ट २७ अंक जोडेर पाँचौं स्थानमा छ । पीएसजीले शीर्ष स्थानमा ५ अंकको अग्रता समेत लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप