मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टपटेन’ समाचार

आइतबार, २० कात्तिक २०७९, २१ : ०६
आइतबार, २० कात्तिक २०७९

आज २०७९ कार्तिक २० गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा मंसिर ४ को चुनाव संविधान च्यात्ने शक्तिविरुद्धको लडाइँ ः प्रधानमन्त्री, ‘एमाले–जसपा गठबन्धन अप्राकृतिक’, प्रचण्डका ४५ प्रतिबद्धता, ब्याटल ग्राउन्ड रिपोर्ट : मतदाताका आकांक्षा र उम्मेदवारका प्रतिबद्धता, ‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी, कर्णालीका मुख्यमन्त्री शाही २० दिनदेखि जिल्लामै, निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ लगायत छन् ।

१. मंसिर ४ को चुनाव संविधान च्यात्ने शक्तिविरुद्धको लडाइँ : प्रधानमन्त्री
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को चुनाव संविधान च्यात्ने शक्तिविरुद्धको लडाइँ भएको बताएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका देउवाले आफ्नो गृह जिल्लामै रातोपाटीसँग कुरा गर्दै आसन्न निर्वाचनमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दाबीसमेत गरे । 

लेखक तथा विश्लेषक चन्द्र किशोरले एमाले–जसपा गठबन्धनलाई ‘अप्राकृतिक’ संज्ञा दिएका छन् । उनले आसन्न निर्वाचनपछि मधेस केन्द्रित दलको अस्तित्व संकटमा पर्ने पनि बताए । एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले पनि जसपासँग तालमेल गरेका कारण पार्टीमा असन्तुष्टि देखिएको बताएका छन् । तर जसपाका नेता तथा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत भने पार्टीलाई बचाउन विशेष परिस्थितिका कारण एमालेसँग तालमेल गरिएको बताउँछन् ।

​३. प्रचण्डका ४५ प्रतिबद्धता
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ का लागि ४५ रणनीतिक महत्वका योजना अघि सारेका छन् । प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवार बनेका प्रचण्डले गोरखाली जनता पक्षमा ४५ रणनीतिक योजनासहित प्रतिवद्धतापत्र सार्वजनिक गरेका हुन् । 

४. ब्याटल ग्राउन्ड रिपोर्ट : मतदाताका आकांक्षा र उम्मेदवारका प्रतिबद्धता
मंसिर ४ गते हुन गइरहेको निर्वाचनका सन्दर्भमा उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भइरहेका छन् । उम्मेदवारहरू आ–आफ्ना एजेन्डा लिएर जनतामा गएका छन् भने जनताले पनि आफ्ना आकांक्षा, समस्यालाई खुलेर उम्मेदवारसामु राख्ने गरेका छन् । यसै सन्दर्भमा केही ‘हट सिट’लाई केन्द्रित गरेर रातोपाटीले ग्राउन्ड रिपोर्ट तयार गरेको छ । 

५. ‘नो नट अगेन’ सम्बन्धी रिटमा अल्पकालीन अन्तरिम आदेश जारी
सर्वोच्च अदालतले ‘नो नट अगेन’ सम्बन्धी रिट निवेदनमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले दायर गरेको रिटमाथि आइतबार न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश दिएको हो । 

६. काठमाडौं–६ को प्रदेशसभा ‘ख’ मा फुँयालको उम्मेदवार निष्क्रिय गर्न माओवादीको निर्देशन
नेकपा माओवादी केन्द्रले गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै पार्टीका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश ‘ख’ का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमल्सिनालाई सहयोग गर्न निर्देशन दिएको छ । 

७. कर्णालीका मुख्यमन्त्री शाही २० दिनदेखि जिल्लामै
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही चुनावी अभियानका क्रममा २० दिनदेखि गृह जिल्ला हुम्लामा छन् । १ कार्तिकमा सुर्खेतबाट हुम्ला गएका शाही त्यसयता कार्यालयमा हाजिर भएका छैनन् ।

८. निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाअध्यक्ष पक्राउ
जीतपुर सिमरा उपमहानगर वडा नम्बर ७ का वडाअध्यक्ष सुनील गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले वर्तमान सत्ता गठबन्धन कम्तीमा पाँच वर्षसम्म कायम रहने बताएका छन् । लोकतान्त्रिक वाम गठबन्धनद्वारा रोल्पामा आयोजित कार्यक्रममा पुनले ओलीतन्त्रबाट मुलुकलाई मुक्त गर्न गठबन्धन बनेको बताए । 

संसद बाहिर भएका तीन पार्टीले चुनावी विरोधका कार्यक्रम सार्वजनिक गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, ऋषि कट्टेल नेतृत्वको नेकपाले कात्तिक ३० गतेसम्मका चुनाव विरोधका कार्यक्रम सार्वजनिक गरेका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धादिङमा निर्माणाधीन नागढुङगा– नौबीसे सुरुङ मार्गको अवलोकन गरेका छन् । आइतबार ओली निर्माणाधीन सुरुङ मार्गको अवलोकन गर्न त्यहाँ पुगेका हुन् ।

मंसिर ४ को निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूले  नुनदेखि सुनसम्म र सियोदेखि रकेटसम्म नेपालमा उत्पादन गर्ने घोषणासहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा सार्वजनिक घोषणापत्रमा १० वटा राष्ट्रिय योजना अघि बढाउने उल्लेख छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप