बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

फिल्म फूलबारीको फष्टलुक सार्वजनिक

आइतबार, २० कात्तिक २०७९, २० : ४४
आइतबार, २० कात्तिक २०७९

रामबाबु गुरुङ निर्देशित फिल्म फूलबारीको फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन ५ गतेबाट प्रदर्शनमा आउने फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकार विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, अरुणा कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई स्थान दिइएको छ ।

यशोदा फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म अभिभावक र सन्तान बीचको सम्बन्धको कथामा बनेको छ । फिल्ममा लोकेन्द्र लेखक, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, साक्षी सिंह भण्डारी, रुजा राउत, रुपेश दाहाल, सुमित्रा गोम्जा, कायरा कार्कीलगायतको पनि अभिनय छ ।

फिल्ममा जोस हेरुमको छायांकन, कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत छ । मणिराम पोखरेलले कार्यकारी निर्माता रहेको फिल्मको मनिष ढकाल निर्माता हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप