बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

आर्सनलले चेल्सीलाई हरायो

आइतबार, २० कात्तिक २०७९, २० : २७
आइतबार, २० कात्तिक २०७९

आर्सनलले इङलिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ ।  आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले हराएको हो । 

स्टाम फोर्ड ब्रिजमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । रोमाञ्चक जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा  छ ।

आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । आर्सनल १३ खेलबाट ३४ अंक जोडेको छ । पराजित चेल्सी २१ अंक जोडेर सातौं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप