बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

युवा संघका १६ जना माओवादी केन्द्रमा प्रवेश

आइतबार, २० कात्तिक २०७९, १९ : ४७
आइतबार, २० कात्तिक २०७९

युवा संघ गलकोट, बगलुङका नगरपालिकाक अध्यक्ष बलबहादुर विकसहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आइतबार योङ कम्युनिष्ट लिग नेपाल (वाइसीयल) गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विकसहित १६ जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गरे । प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगरसदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसीएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?