शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एमाले उम्मेदवार चौधरी आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी

आइतबार, २० कात्तिक २०७९, १९ : ४३
आइतबार, २० कात्तिक २०७९

बारा निर्वाचन क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्यका उम्मेदवार देवनारायण चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन गरेर आन्दोलनमा सहभागी भएका छन् । जितपुरसीमरा उपमहानगर वडा नं ७ का वडाअध्यक्ष सुनिल गुप्ताले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको विषयलाई लिएर एमाले कार्यकर्ताले गरेको सडक आन्दोलनमा उम्मेदवार चौधरी आफै सहभागी भएका थिए । 

उम्मेदवार चौधरीले निर्वाचन आचारसंहिता विपरीत आन्दोलनमा सहभागी भएर वडाअध्यक्षलाई पक्राउ गरेको भन्दै प्रहरी, प्रशासनको कार्यशैलीको विरोध गरेका थिए ।  जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति प्रमुख पर्शु पोखरेलले उम्मेदवार आफै आन्दोलनमा सहभागी हुनु आचारसंहिता उल्लंघन मात्रै नभएर शान्ति भंग गरेकोमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही हुनसक्ने बताए । 

निर्वाचन आचारसंहितामा उम्मेदवारले नेपाल सरकारको कानुन विपरीत सडक आन्दोलन, नारा जुलुसमा सहभागी हुन नपाउने व्यवस्था छ ।  वडाअध्यक्षलाई पक्राउ गरेको विषयमा पथलैया वीरगञ्ज औद्योगिक कोरिडोरमा करिब डेढ घण्टा चक्का जाम भएको थियो । वडाअध्यक्षको रिहाइपछि यातायात सुचारु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप