मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न प्रमुख आयुक्त थपलियाको आग्रह

आइतबार, २० कात्तिक २०७९, १९ : ३६
आइतबार, २० कात्तिक २०७९

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चरित्र हत्या हुनेगरी निर्वाचनको प्रचार नगर्न निर्वाचनका उम्मेदवारलाई सचेत गराएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले 'नो नट अगेन' भने पनि हुने तर गालीगलौजको भाषामा अर्को उम्मेदवारको चरित्र हत्या गर्ने काम नगर्न सबै उम्मेदवारहरूलाई पुनः सचेत गराएका हुन् । 

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई द्वेषपूर्ण, घृणास्पद अभिव्यक्ति दिएर दुषित नपार्न भन्दै आयोगले स्पष्टीकरण सोधेको बताए । उनले विज्ञहरूलाई पनि निर्वाचनमा गालीगलौजको भाषा प्रयोग नगर्न उम्मेदवारलाई सुझाव दिन आग्रह समेत गरे । 

कार्यक्रममा प्रमुख आयुक्त थपलियाले आयोगले सञ्चार संस्थाको अनुगमन नगर्ने बताए । आयोगले आचारसंहिता पालना भए नभएको मात्र हेर्ने भएकोले कुनै शाखाले त्यस्तो स्पष्टीकरण सोधेको भए सच्याउने बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सञ्चार माध्यामहरुले निर्वाचन आचारसंहिता पालना गरे÷नगरेको अनुगमन गर्ने काम आयोगको नभई प्रेस काउन्सिल नेपालको भएको पनि पटकपटक दोहो¥याए ।-न्युज एजेन्सी नेपाल 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप