सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

डडेलधुरामा चुनावी प्रचार गरेर  प्रधानमन्त्री देउवा धनगढीमा

आइतबार, २० कात्तिक २०७९, १९ : २९
आइतबार, २० कात्तिक २०७९

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । 

देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेलधुरा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेलधुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन् । 

प्रधानमन्त्री देउवा सोमबार काठमाडौं फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप