आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले जित्यो ५९ लाख पुरस्कार

आइतबार, २० कात्तिक २०७९, १९ : २४
आइतबार, २० कात्तिक २०७९

नेपालले २०२२ पब्जी मोबाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रूपैयाँ जित्न सफल भएको छ ।
नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार राशिको उक्त च्याम्पियनमा डिआरएसले दोस्रो स्थान प्राप्त गर्दै ३६ लाख (३.६ मिलियन) र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख (२.३ मिलियन) जितेका हुन् ।

४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ । गडलाईकले २६४ अंक हासिल गर्दै प्रथम स्थान प्राप्त गर्न सफल भएको हो । दोश्रो स्थानमा रहेको डिआरएसले २५६ अंक प्राप्त ग¥यो । यस्तै तेश्रो स्थानमा रहेको स्काईलाइट्जले २३१ अंक प्राप्त ग-यो ।

१६ उत्कृष्ट टिमको सहभागिता रहेको च्याम्पियनसिपमा नेपालबाट डिआरएस र स्काईलाइट्ज लगायत हाइभोल्टेज, इलेमेन्ट्रिक्स, ट्रेन्ड टु किल र भेनम लिजेन्डले प्रतिस्पर्धा गरेका थिए ।यसका साथै डिआरएस, स्काईलाइट्ज र ट्रेन्ड टु किल पब्जी मोवाइल ग्लोबल च्याम्पियनसिपको लागि पनि छनोट हुन सफल भएका छन् ।
पहिलो पटक यस च्याम्पियनसिपलाइ फिल्म हलको ठुलो पर्दामा प्रत्यक्ष प्रसारण गरिएको थियो । जसमा पब्जीलाई रुचाउने ठुलो संख्याका दर्शकले प्रत्यक्ष मनोरञ्जन लिएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप