केरुङ्गे खोलाको समस्या समाधान गर्ने डा.कोइरालाको प्रतिबद्धता
आइतबार, २० कात्तिक २०७९, १७ : ३९

नेपाली काङ्ग्रेसका नेता डा.शशाङ्क कोइरालाले केरुङ्गे खोलाको समस्या समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नम्बर ४ र ५ जोड्ने केरुङ्गे खोलामा वर्षेनी आउने बाढीका कारण स्थानीयवासीले दुःख पाउँदै आएका छन् ।
नवलपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कोइरालाले केरुङ्गे खोलाको अनुगमन गरी समस्या समाधान गर्ने आश्वासन दिएका हुन् । खोलाको दुबै छेउमा पाँच– पाँच सय मिटरको ड्याम बाध्नुपर्नेमा ५० मिटर मात्रै छेकबार लगाइएको छ ।
स्थानीय रमिला भुजेलले खोलामा ड्याम नहुँदा बर्खामा बाढीले धनजनको क्षति हुनुका साथै स्थानीयवासी डर र त्रासमा बस्नुपर्ने बाध्यता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले युक्रेनमा गर्यो ठुलो आक्रमण, २६७ ड्रोन प्रहार
-
त्रिविको अनुगमन निर्देशनालयमा रैखोला र श्रेष्ठ नियुक्त
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
निजी सम्पत्ति सार्वजनिक गर्न र सुविधा त्याग्न शीर्ष नेताहरूमाथि अर्को दबाब
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट