शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्ने

आइतबार, २० कात्तिक २०७९, १७ : २१
आइतबार, २० कात्तिक २०७९

आईसीसी टी–ट्वान्टी विश्वकपको सुपर १२ को अन्तिम खेलमा भारतले जिम्बावेमाथि ७१ रनको सहज जित निकालेको छ । मेलबर्नमा भारतले दिएको १८७ रनको लक्ष्य पछ्याएको जिम्बावेले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११५ रन बनायो ।

जिम्बावेका लागि रियान बुरीले ३५ रनको योगदान गरे । त्यस्तै सिकन्दर राजाले ३४ रन जोडे । भारतका लागि रविचन्द्र आश्विनले सर्वाधिक ३ विकेट लिए । त्यस्तै मोहम्द श्वामी र हार्दिक पाड्याले दुई–दुई विकेट लिए । भुवनेश्वर कुमार, अर्शदीप सिंह र अक्षर पटेलले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।  

भारतका लागि सुर्यकुमार यादव र केएल राहुलले अर्धशतकीय पारी खेले । २५ बल खेलेका सुर्यकुमारले ६ चौका र ४ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै ३५ बल खेलेका राहुलले ३ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए ।
भारतका लागि विराट कोहलीले २६ रन बनाउँदा हार्दिक पाड्याले १८ रन जोडे । बलिङतर्फ जिम्बावेका लागि सेन विलियम्सले दुई विकेट लिए । त्यस्तै रिचर्ड नाराभा, बेलेसिङ मुर्जाबानी र सिकन्दर राजाले एक–एक विकेट लिए ।

आजको खेलमा जित निकाल्दै भारत अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । भारतले सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग खेल्नेछ । समूह २ को उप–विजेता पाकिस्तान न्युजिल्यान्डसँग खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप