शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिगमनको हार, अग्रगमनको जीत पक्का छ : महरा

आइतबार, २० कात्तिक २०७९, १७ : १८
आइतबार, २० कात्तिक २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले मंसिर ४ प्रतिगमनका हार, अग्रगमनको जीत पक्का रहेको दाबी गरेका छन् । दाङ क्षेत्र नं. २(२)ले संयुक्त बाम लोकतान्त्रिक गठबन्धनले नारायणपुरमा आयोजना गरेको  पार्टी कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता महराले यस्तो बताएका हुन् । 

महराले परिवर्तित व्यवस्थालाई स्वीकार गर्न नसक्दा पटक पटक संसद भंग गरी मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिएको र  मुलुकको रक्षाका लागि अग्रगमनकारी एकताबद्ध भई प्रतिगमनका विरुद्ध संघर्ष गरिएको बताए । उनले भने, ‘गठबन्धन राष्ट्रिय आवश्यकताका लागि भएको हो । गठबन्धन अग्रगमन हो भने केपी ओली प्रतिमगनकारी हुन् ।’ 

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार दीपक गिरीले नेकपा एमालेले झुठको खेती गर्दै जनतामा भ्रम छर्ने काम गरिरहेको दाबी गरे । उनले प्रतिगमनकारीहरुको भ्रमको नपरी मुलुकले प्राप्त गरेको संघीय लोकतान्त्रिक व्यवस्था रक्षा लागि अग्रगमनलाई भोट हाल्न आग्रह गरे । 

कार्यक्रममा दाङ क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार रेखा शर्माले नेकपा एमाले महासचिव शंकर पोख्रेलले प्रदेश सरकारको मुख्यमन्त्रीको जिम्मेवारी समाल्दै गर्दा विकास निर्माणका योजनाहरु अलपत्र परेको आरोप लगाइन् । जसका कारण दाङको लमही – तुुलसीपुर फोरलेन सडकदेखि कयौं पुलपुलेसा समेत अलपत्र पारेको बताइन् । 

कार्यक्रममा दाङ क्षेत्र नं. २ (१) प्रदेशसभा सदस्य उम्मेदवार राजु खनाल, २ (२) साझा उम्मेदवार प्रचण्ड बिक्रम न्यौपाने, एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, अनिता देवकोटा, लुम्बिनी प्रदेशका सह–महामन्त्री खगराज पाण्डे, नेपाली काँग्रेसका दाङका सभापति शंकरप्रसाद डाँगी, नेकपा माओवादी दाङका इन्चार्ज निर्मल आचार्य, सहईन्चार्ज हेमराज शर्मा लगायतका भनाइ राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप