काठमाडौं-६ प्रदेश (ख) का उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय बनाउन माओवादीको निर्देशन
आइतबार, २० कात्तिक २०७९, १६ : १३

नेकपा माओवादी केन्द्रले गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनुपर्ने भन्दै पार्टीका तर्फबाट प्रस्तुत गरिएका काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ प्रदेश ‘ख’ का उम्मेदवार प्रकाश फुयाँलको उम्मेदवारी निष्क्रिय गर्दै गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्न निर्देशन दिएको छ ।
‘यतिबेला गठबन्धनको भावना र मर्मलाई बलियो बनाउनु पर्ने आवश्यक भएकोले हाम्रो पार्टीका तर्फबाट प्रस्तुत गरिएका उम्मेदवार कमरेड प्रकाश फैयालको उम्मेदवारी निष्क्रिय गरी गठबन्धनका अर्का उम्मेदवार विष्णुभक्त तिमिल्सिनालाई सहयोग गर्ने भन्ने हाम्रो पार्टीको निर्णय भएकोले सोही अनुसार कार्यान्वयन गर्नु गराउनु हुन निर्देशन गरिन्छ’, माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जारी गरेको पत्रमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’