चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध मुद्दा दायर
आइतबार, २० कात्तिक २०७९, १६ : १२
राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरेर भन्सार छल्ने २ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भन्सार छलेर मालसामान चोरी पैठारी गर्ने चितवन भरतपुर महानगरपालिकाका रामकुमार गुप्ता र शौरभ गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो ।
अभियुक्तहरूले भन्सार छली गरेर मालसामान पैठारी गरी लुकाई छिपाई खरिद बिक्री गरेर राजश्व चुहावट गरेको विशेष सूचनाका आधारमा विभागले छापा मारेको थियो । उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा भन्सार तथा मूल्य अभिवृद्धि कर छली गरेको पाइएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ परेका २ जनाविरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित)अनुसार ३ करोड ८० लाख ५९ हजार ५२६ रुपैयाँ माग दाबीसहित अदालतमा मुद्दा दायर गरिएको विभागका सूचना अधिकारी दिपेश लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवरुद्ध यातायात सहज बनाउन मन्त्री दाहालको निर्देशन
-
अतिकम विकसित देशहरुलाई सहयोग गर्न जी ७७ र चीनलाई परराष्ट्रमन्त्री राणाको आग्रह
-
दसौँ राष्ट्रिय खेलकुदको विषयमा मुख्यमन्त्रीले नालायकीपन प्रदर्शन गर्नुभयो : शर्मा
-
सप्तकोशीमा हाइ रेड अलर्ट जारी, पानीको बहाव ६ लाख क्यूसेक
-
मकवानपुरको सिस्नेरी चौकी बग्यो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा
-
ललितपुरबाट १५ जना बेपत्ता