‘लौरो अभियान’को प्रतिवद्धता पत्र : नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन !

मंसिर चारको निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूले नुनदेखि सुनसम्म र सियोदेखि रकेटसम्म नेपालमा उत्पादन गर्ने घोषणासहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा सार्वजनिक घोषणापत्रमा १० वटा राष्ट्रिय योजना अघि बढाउने उल्लेख छ ।
‘अबको विकास– दीर्घकालीन निकास सहितको दीर्घकालिन मास्टर प्लान बनाएर १ वर्ष, ५ वर्ष र ५० वर्षको योजना बनाएर अघि बढ्नेछौ’, घोषणापत्रमा भनिएको छ । साथै सात प्रदेशमा सातवटा चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा आध्यात्मिक मार्ग बनाइने अभियानले जनाएको छ ।
सुमन सायमी संयोजक रहेको अभियानले ७७ वटै जिल्लाहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको अवधारणासहित मास्टर प्लान बनाएर नेपालको हरेक सहर र गाउँलाई एक स्वर्गको बगैँचाको रुपमा सजाउने उल्लेख छ । त्यस्तै हरेक वडामा कृषि संकलन केन्द्रदेखि जडिबुटी प्रशोधन केन्द्र बनाउने जनाउँदै अभियानले भनेको छ, ‘नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गर्ने र विश्वबजारमा यसको उत्कृष्ट पहिचान बनाउने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ