‘लौरो अभियान’को प्रतिवद्धता पत्र : नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन !
मंसिर चारको निर्वाचनमा ‘लौरो’ अभियानमा रहेकाहरूले नुनदेखि सुनसम्म र सियोदेखि रकेटसम्म नेपालमा उत्पादन गर्ने घोषणासहितको प्रतिवद्धता सार्वजनिक गरेका छन् । आइतबार काठमाडौंमा सार्वजनिक घोषणापत्रमा १० वटा राष्ट्रिय योजना अघि बढाउने उल्लेख छ ।
‘अबको विकास– दीर्घकालीन निकास सहितको दीर्घकालिन मास्टर प्लान बनाएर १ वर्ष, ५ वर्ष र ५० वर्षको योजना बनाएर अघि बढ्नेछौ’, घोषणापत्रमा भनिएको छ । साथै सात प्रदेशमा सातवटा चक्र निर्माण गरी तराई पहाड र हिमाललाई जोडेर ७ वटा चक्रपथ तथा आध्यात्मिक मार्ग बनाइने अभियानले जनाएको छ ।
सुमन सायमी संयोजक रहेको अभियानले ७७ वटै जिल्लाहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको अवधारणासहित मास्टर प्लान बनाएर नेपालको हरेक सहर र गाउँलाई एक स्वर्गको बगैँचाको रुपमा सजाउने उल्लेख छ । त्यस्तै हरेक वडामा कृषि संकलन केन्द्रदेखि जडिबुटी प्रशोधन केन्द्र बनाउने जनाउँदै अभियानले भनेको छ, ‘नुनदेखि सुनसम्म, सियोदेखि रकेटसम्म नेपालमै उत्पादन गर्ने र विश्वबजारमा यसको उत्कृष्ट पहिचान बनाउने ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण