आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा सुमो दुर्घटना : २ दिने शिशुको मृत्यु,  ७ जना घाइते

आइतबार, २० कात्तिक २०७९, १५ : ४८
आइतबार, २० कात्तिक २०७९

धनुषामा सुमो दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा ना३च ३५७५ नम्बरको टाटा सुमो अनियन्त्रित हुँदा दुईदिने शिशुको मृत्यु र ७ जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुमो अनियन्त्रित भई दुर्घटना भएको बताए । उक्त सुमोमा सवार ८ जनामध्ये ६ जना सामान्य घाइते, १ जना गम्भीर घाइते भएको र मिथिला नगरपालिका हरिहरपुरकी सन्जुदेवी महतोको २ दिने शिशुको मृत्यु भएको प्रहरी प्रवक्ता क्षेत्रीले बताए ।

यस्तै घाइते हुनेमा क्षिरेश्वरनाथ नगरपालिका–०७ की २४ वर्षीय राधादेवी सिंह र सोही नगरपालिका की ४० वर्षीय फुलोदेवी महतो रहेका छन् । यस्तै मिथिला नगरपालिका–०३ हरिहरपुरकी ६० वर्षीय कमलीदेवी र सोही पालिका १ की १५ वर्षीय सुधीसिंह र लक्ष्मीनियाँ गाउँपालिका–०६ वगेवा बस्ने चालक सिकिन्द्र ठाकु शर्मा रहेको धनुषा प्रहरीले जनाएको छ । यस्तै मिथिला नगरपालिका–३ बस्ने चन्द्रकला महतो गम्भीर घाइते भएकी छिन् । उनको टाउकोमा चोट लागेको अस्थायी प्रहरी पोस्ट लक्ष्मीनियाँ बजारले जनाएको छ । दुर्घटनामा घाइते भएकालाई उपचारका लागि नजिकैको सेन्ट्रल हस्पिटलमा लगिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप