बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

सुस्ताको डुबान समस्या समाधान गर्न विनोद चौधरीको पहल

आइतबार, २० कात्तिक २०७९, १५ : १४
आइतबार, २० कात्तिक २०७९

सत्ता गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर ०१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले सुस्तामा हुने बाढी र डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका छन् । चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता,  प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका हुन् ।

मतदाताले चौधरीसँग नारायणी नदीले हुने बाढी डुबानको दीर्घकालीन समस्या समाधान गर्न माग गरेपछि उनले आफ्नो पहल अगाडि बढाएका हुन् । सो क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । चौधरीले डुबानको समस्या समाधान गर्न दीर्घकालीन सिचाई योजना अगाडि बढाउनुपर्ने एजेण्डा अघि सारेपछि मतदाता चौधरीप्रति आशावादी बनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप