निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ
आइतबार, २० कात्तिक २०७९, १५ : ०३
जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ताले बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए । प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको छ ।
ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ । नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताएका छन् ।
गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण