निर्वाचन कार्यालयमा तालाबन्दी गर्ने वडाध्यक्ष पक्राउ
आइतबार, २० कात्तिक २०७९, १५ : ०३

जीतपुर सिमरा उपमहानगर वडा न ७ का वडाध्यक्ष सुनील गुप्ताले बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरेका छन् । गुप्ताले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्ने उद्देश्यले उपमहानगरको कार्यालयमा रहेको निर्वाचन कार्यालयमा आइतबार १ बजे तालाबन्दी गरेका थिए । प्रहरीको सहयोगमा केहीबेरअघि ताला खोलिएको छ ।
ताला खोलेसँगै वडाध्यक्ष गुप्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाअध्यक्ष गुप्ताको नेतृत्वमा वडा सदस्यहरू सीता उप्रेतीसहितको टोली तालाबन्दीमा सहभागी भएको उपमहानगरले जनाएको छ । नगर प्रमुख राजन पौडेलले तत्काल प्रहरीमा जाहेरी दिने बताएका छन् ।
गुप्ता नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्यान्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
२४ वर्षपछि बारको महासचिवमा एमालेको ‘कमब्याक’, को हुन् कोइराला ?
-
थाइल्याण्डबाट ल्याएको ५ केजी गाँजा विमानस्थलबाट बरामद, ३ जना पक्राउ
-
मिडेयाद्वारा आकर्षक अफर र लक्की ड्रको घोषणा
-
१२८ वर्षपछि ओलम्पिकमा फर्किएको क्रिकेटले ६ टोलीमात्र सहभागी गराउन पाउने
-
विश्व योगासनाका पदक विजेतालाई राखेपको बधाई