बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एभरेष्ट बैंकद्वारा २१ प्रतिशत लाभांश घोषणा

आइतबार, २० कात्तिक २०७९, १४ : ४७
आइतबार, २० कात्तिक २०७९

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तपुँजीको १३ प्रतिशत बोनस सेयर र ७.३८ प्रतिशत नगद लाभांश दिने भएको हो । 

यो तीन वर्ष यताकै सर्वाधिक लाभांश हो । अघिल्लो आर्थिक वर्ष २०७७÷७८ मा बैंकले १०.३२ प्रतिशत लाभांश बाँडेको थियो । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ छ ।

यसमा प्रस्तावित १३ प्रतिशत बोनसले बैंकको चुक्ता पुँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप