शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर बालकको मृत्यु

आइतबार, २० कात्तिक २०७९, १४ : २६
आइतबार, २० कात्तिक २०७९

काठमाडौं महानगरपालिका–९ गौशाला चोकस्थित तुलसी गेष्ट हाउसको छतमा बाल्टीमा राखेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा सोही गेष्ट हाउसमा बस्ने बाँके बैजनाथ–३ घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा चार वर्षीय आरोज चौधरी छन् । 

शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेर गम्भीर घाइते भएका उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप