गुल्मी–२ मा झाँक्रीलाई मतदान गर्न गौतमको आह्वान
![गुल्मी–२ मा झाँक्रीलाई मतदान गर्न गौतमको आह्वान](https://rpcdn.ratopati.com/media/albums/seskanta_QhKAgxoWcv.jpg)
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीको पक्षमा मतदान गर्न आह्वान गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै गौतमले कम्युनिष्ट आन्दोलनको यात्रामा लामो समय नजिकबाट सँगै काम गरेको तथा सिंगो व्यवस्था र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने क्रान्तिकारी महिला नेतृलाई संयुक्त गठबन्धनले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको भन्दै कलम चिह्नमा मतदान गरी झाँक्रीलाई विजयी गराउनु उचित ठानेको उल्लेख गरेका छन् ।
गुल्मी– २ बाट एमालेबाट उम्मेदवार बनेका गोकर्ण विष्टलाई गौतमले नैतिकताहीन र अनुशासनहीन व्यक्तिका रुपमा चित्रित गरेका छन् । २०३९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक जीवन सुरु गरेका गौतम यसपटकको निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवारका रुपमा पार्टीबाट सिफारिस भएका थिए । तर, स्थानीय कमिटीको सिफारिस लत्याउँदै पार्टीले विष्टलाई उम्मेदवार बनाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी