मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

गुल्मी–२ मा झाँक्रीलाई मतदान गर्न गौतमको आह्वान

आइतबार, २० कात्तिक २०७९, १४ : १६
आइतबार, २० कात्तिक २०७९

नेकपा (एमाले)  लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतमले गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकुमारी झाँक्रीको पक्षमा मतदान गर्न आह्वान गरेका छन् । 

आइतबार विज्ञप्ति जारी गर्दै गौतमले कम्युनिष्ट आन्दोलनको यात्रामा लामो समय नजिकबाट सँगै काम गरेको तथा सिंगो व्यवस्था र लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउने क्रान्तिकारी महिला नेतृलाई संयुक्त गठबन्धनले साझा उम्मेदवारका रुपमा प्रस्तुत गरेको भन्दै कलम चिह्नमा मतदान गरी झाँक्रीलाई विजयी गराउनु उचित ठानेको उल्लेख गरेका छन् ।

गुल्मी– २ बाट एमालेबाट उम्मेदवार बनेका गोकर्ण विष्टलाई गौतमले नैतिकताहीन र अनुशासनहीन व्यक्तिका रुपमा चित्रित गरेका छन् । २०३९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक जीवन सुरु गरेका गौतम यसपटकको निर्वाचनमा उक्त क्षेत्रबाट उम्मेदवारका रुपमा पार्टीबाट सिफारिस भएका थिए । तर, स्थानीय कमिटीको सिफारिस लत्याउँदै पार्टीले विष्टलाई उम्मेदवार बनाएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप