‘एमाले नेतृत्वले जसपासँग एकाएक गठबन्धन गर्दा कार्यकर्तामा असन्तुष्टि छायो’

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जनता समाजवादी पार्टी (जसपा)सँग पार्टी केन्द्रीय नेतृत्वले एकाएक गठबन्धन गरी पर्सामा ५० प्रतिशत सिट जसपालाई दिनुपर्दा कार्यकर्तामा असन्तुष्टि छाएको बताएका छन् ।
शनिबार रातोपाटी टिमसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘नेकपा एमाले यहाँ एक्लै चुनाव लड्ने मुडमा थियो । एकाएक गठबन्धन हुँदा बागी उम्मेदवार उठ्नुभएको छ । दुवै पार्टीले बागी उम्मेदवारलाई कारबाही गरेका छौँ र बागीतिर लाग्नेलाई के गर्ने भन्ने सम्बन्धमा योजना बनाउँदै छौँ ।’
हिजो एमाले र जसपा एकअर्काको नीति तथा कार्यक्रमको विरोधी थिए । आज दुवै पार्टी अप्राकृतिक देखिने खालको गठबन्धनमा छन् । यस सम्बन्धमा कन्द्रीय सदस्य हजरा भन्छन्, ‘राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । हामीले गएको निर्वाचनमा नेकपा माओवादीसँग तालमेल गरेका थियौँ ।’
भिडियोः रोशन पोख्रेल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
आठ महिनामा भित्रियो साढे १० खर्ब बढी रेमिट्यान्स, फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब
विद्यालय शिक्षा विधेयकका थप ११ दफामा सहमति जुट्यो
मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
फिफ्टिन्स रग्वी च्याम्पियनसिप : उद्घाटन खेलमा गोर्खाली रग्बी क्लब विजयी
बेनिशाको ‘कल्ली’ कात्तिक २१ मा रिलिज हुने
बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित