बंगलादेशद्वारा पाकिस्तानलाई १२८ रनको लक्ष्य
आइतबार, २० कात्तिक २०७९, ११ : ४३

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा बंगलादेशले पाकिस्तानलाई १२८ रनको लक्ष्य दिएको छ । एडिलेडमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो ।
बंगलादेशका लागि नजमउल्ला सान्तोषले ५४ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ७ चौका प्रहार गरे । त्यस्तै आफिफ हुसेनले २४ रन बनाउँदा सम्य सरकारले २० रनको योगदान गरे ।
बलिङतर्फ पाकिस्तानका लागि साहिन अफ्रिदीले सर्वाधिक चार विकेट लिए ।
त्यस्तै सादाब खानले दुई विकेट लिए । आजको खेलमा जित निकाल्दै पाकिस्तान सेमिफाइनलमा पुग्ने योजनामा छ । यता बंगलादेश पनि सोही लक्ष्यमा छ । दुबै टोली चार खेलबाट ४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस
-
संसदीय मैत्री समूहले दुई देशबिचको सम्बन्धलाई सहज बनाउँछ : राष्ट्रियसभा अध्यक्ष
-
पाल्पाको जङ्गलमा डढेलो, तीन गाउँ जोखिममा
-
१० बजे १० समाचार : घाटामा रेलदेखि ललिता निवासमा अख्तियार सर्वोच्चसम्म
-
विश्वकपको बदला, अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा
-
रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो