सोमबार, २९ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सूचना प्रकाशित गर्नुपर्ने

आइतबार, २० कात्तिक २०७९, १० : ५०
आइतबार, २० कात्तिक २०७९

अब स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले आइपीओ जारी गर्दा तीन पटक सार्वजनिक निष्काशनको लागि सूचना प्रकाशित गर्नुपर्ने भएको छ । कम्पनीले स्थानीय प्रभावित क्षेत्रका जनतालाई पहिलोपटक, वैदेशिक रोजगारमा गएकालाई दोस्रोपटक र सर्वसाधारणलाई तेस्रोपटक शेयर निष्कासन गर्नुपर्नेछ । 

नेपाल धितोपत्र बोर्डले हालै वैदेशिक रोजगारीमा गएका कामदारलाई पनि आइपीओमा १० प्रतिशत कोटा तोकेपछि त्यस्ता कम्पनीले तीन पटक सार्वजनिक निष्कासन गर्नुपर्ने भएको हो । स्थानीय स्रोत साधन प्रयोग गर्ने कम्पनीले यसअघि आयोजना प्रभावित जनताका लागि भनेर पहिलोपटक कुल शेयरको १० प्रतिशत शेयर प्राथमिक निष्कासन गर्दथ्यो । 

आयोजना प्रभावितलाई बाँडफाँड गरिसकेर बाँकी रहेको शेयर समेत थप गरेर पुनः सर्वसाधारणको लागि सार्वजनिक निष्कासन हुने गरेको थियो । दुईपटक शेयर निष्काशन गर्नुपर्दा नै प्रक्रिया जटिल भयो भनेर गुनासो गर्नेहरुले वैदेशिक रोजगारीमा जानेहरूको लागि पनि फेरि छुट्टै आइपीओ जारी गर्नुपर्ने भएको छ । -न्युज कारखाना   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप