लालबाबु राउत भन्छन्, ‘काण्डहरूमा न्यायालयले हेर्छ, म कमेन्ट गर्न चाहन्नँ’

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट पर्सा १ ‘ख’को प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका लालबाबु राउतले नेकपा एमालेसँगको आफ्नो पार्टीको गठबन्धन विशेष परिस्थितिमा पार्टी बचाउनका लागि भएको बताएका छन् ।
आफूले पुनः मुख्यमन्त्री दोहोर्‍याउने वा नदोहोर्याउने सम्बन्धमा भने उनी खुल्न चाहेनन् । यो कुरा पार्टीको निर्णयमा निर्धारित रहने उनले बताए । यद्यपि, प्रदेशसभाका लागि उनको उम्मेदवारी मुख्यमन्त्रीकै लागि देखिन्छ । ‘तपाईंको मुख्यमन्त्री कार्यकालमा विभिन्न काण्ड आए, अख्तियारले नै छापा मार्‍यो, यस दृष्टिकोणबाट हेर्दा तपाईंंलाई किन दोहोर्‍याउने’ भन्ने प्रश्नमा उनले भने, ‘काण्डहरूका सम्बन्धमा न्यायालयले हेर्छ, हामीले सही समयमा सही निर्णय गरेका छौँ, त्यसमा म कमेन्ट गर्न चाहन्नँ । मै बन्नुपर्छ (मुख्यमन्त्री) भनेर भनेको छैन, पार्टीले निर्णय गर्ने कुरा हो ।’
हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैलेन्द्र सिम्खडालाई ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’ दिइने
-
कांग्रेसका '११ भाइ'को निर्णयमा इतर समूह सहमत हो ?
-
बम राखेको धम्कीपछि रोम डाइभर्ट भयो दिल्ली आइरहेको अमेरिकी विमान
-
फिल्म ‘द्रौपदी’ लाई विशेष चलचित्र अवार्ड
-
सिनियर इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी
-
६२० प्यालेस्टिनी कैदीहरूको रिहाइ नहुँदासम्म हमासले रोक्यो वार्ता