बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

लालबाबु राउत भन्छन्, ‘काण्डहरूमा न्यायालयले हेर्छ, म कमेन्ट गर्न चाहन्नँ’

मुख्यमन्त्री मै बन्नुपर्छ भनेको छैन (भिडियो)
आइतबार, २० कात्तिक २०७९, ०९ : १८
आइतबार, २० कात्तिक २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट पर्सा १ ‘ख’को प्रदेशसभा सदस्यका लागि उम्मेदवार रहेका लालबाबु राउतले नेकपा एमालेसँगको आफ्नो पार्टीको गठबन्धन विशेष परिस्थितिमा पार्टी बचाउनका लागि भएको बताएका छन् ।  

आफूले पुनः मुख्यमन्त्री दोहोर्‍याउने वा नदोहोर्‍याउने सम्बन्धमा भने उनी खुल्न चाहेनन् । यो कुरा पार्टीको निर्णयमा निर्धारित रहने उनले बताए । यद्यपि, प्रदेशसभाका लागि उनको उम्मेदवारी मुख्यमन्त्रीकै लागि देखिन्छ । ‘तपाईंको मुख्यमन्त्री कार्यकालमा विभिन्न काण्ड आए, अख्तियारले नै छापा मार्‍यो, यस दृष्टिकोणबाट हेर्दा तपाईंंलाई किन दोहोर्‍याउने’ भन्ने प्रश्नमा उनले भने, ‘काण्डहरूका सम्बन्धमा न्यायालयले हेर्छ, हामीले सही समयमा सही निर्णय गरेका छौँ, त्यसमा म कमेन्ट गर्न चाहन्नँ । मै बन्नुपर्छ (मुख्यमन्त्री) भनेर भनेको छैन, पार्टीले निर्णय गर्ने कुरा हो ।’

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप