अनेसासले सुरु गर्यो नयाँ कार्यक्रम
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले मासिक नयाँ कार्यक्रम सुरू गरेको छ । 'अध्यक्षसँग अनेसासका कुरा' नाम दिइएको उक्त कार्यक्रमको पहिलो अंकमा अस्ट्रेलिया महादेशमा रहेका अनेसासका पाँचवटा च्याप्टर प्रतिनिधिले सहभागिता जनाएका छन् ।
केन्द्रीय कार्यसमितिको परिकल्पनामा अध्यक्ष गोवर्द्धन पूजाद्वारा सञ्चालित कार्यक्रमलाई उपाध्यक्ष महेश्वर शर्माले संयोजन गरेका थिए । केन्द्रीय कार्यसमितिको कार्यक्रम र गतिविधि जानकारी गर्ने तथा च्याप्टरसँग प्रत्यक्ष कुराकानी गर्ने उदेश्यले कार्यक्रम तर्जुमा गरिएको जानकारी गराउँदै अनेसास महासचिव विमला निरौलाले अनेसासको चौमासिक प्रतिवेदन प्रस्तुत गरिन् ।
कार्यक्रममा अनेसास वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्लेले अनेसासको आजिवन सदस्यताको लागि आह्वान गर्दै अनेसासमा वौद्धिक व्यक्तित्वको संलग्नतालाई स्वागत गर्न अनेसास प्राज्ञिक समिति गठन गरिएको जानकारी गराए ।
उपाध्यक्ष राजेन्द्र श्रेष्ठले कार्यक्रमबारे बोल्दै अमेरिकामा आफ्नो सक्रिएतामा गरिदै आएको उत्तर अमेरिकी च्याप्टरहरुको गतिविधिमाथि प्रकाश पारे । अनेसास केन्द्रीय कार्यसमितिले आफ्नो सातौँ बैठकबाट निर्णय गरेको प्राज्ञिक समितिमा विभिन्न देशबाट २५ जना व्यक्तित्वहरू रहेका छन् ।
समितिमा डा. मणि पनेरु (पर्थ अस्ट्रेलिया), विनोद रोका (अमेरिका), लतिका जोशी (सिलगुडी), सुरेन उप्रेती (क्यानडा), डा. गोविन्द सिह रावत (क्यानडा) , उमेश कोइराला (अमेरिका), सुष्मा ओमाता ( जापान), डा. काशीराज पाण्डे(अस्ट्रेलिया), विधान आचार्य (नेपाल), विमल गिरी (बेल्जियम), राजेन्द्रप्रसाद अर्याल (अमेरिका), तीर्थ संगम राई (कतार), प्राडा रामप्रसाद दाहाल (नेपाल), ज्ञानु अधिकारी ( नेपाल), कृष्ण भण्डारी मुमुक्ष (नेपाल), हरिबहादुर थापा (न्यूयोर्क), श्रीओम रोदन ( नेपाल), हिक्मत थापा (अफ्रिका), दिनार रनादी (अमेरिका) प्रमिला शर्मा (अमेरिका), सुरेश भट्ट (अमेरिका),नेत्रवन्धु पोखरेल(अमेरिका), दिनेशराज ज्ञवाली (जापान), हरि घिमिरे(अमेरिका) र डा. टीका लम्साल (अमेरिका) रहेका छन् ।
कार्यक्रममा डा केशव शर्मा, डा प्रकाश पौडेल, प्रकाश पन्थी, सुविन खरेल, अस्मिका श्रेष्ठ, रिजा प्रधानलगायतले अष्ट्रेलिया महादेशको नेपाली साहित्यिक गतिविधिमाथि प्रकाश पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकलाई बन्धक बनाएर कुटपिट गर्ने ३ जना पक्राउ
-
अफवाह फैलाउने १० युट्युब च्यानल कारबाहीमा
-
रेखा भन्छिन्– सन्तान जन्माएपछि महिला झन् जवान हुन्छन्
-
टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’
-
लक्ष्मण र सुनिताले ल्याए ‘बिहे गरियो’
-
सरकार ढाल्ने स्वार्थ समूहले नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गरे : वर्षमान पुन