बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

आइतबार, २० कात्तिक २०७९, ०५ : ४८
आइतबार, २० कात्तिक २०७९

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।

तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार खानमाथि बन्दुक हान्ने व्यक्ति धार्मिक अतिवादबाट प्रभावित अतिवादी भएको बताएको छ । पाकिस्तानको सेनाको मिडिया शाखाले पनि पूर्व खानको आरोपलाई ‘आधारहीन र गैरजिम्मेवारपूर्ण’ भनेको छ । ‘पाकिस्तान सरकारलाई यस विषयमा अनुसन्धान गर्न र कुनै प्रमाण बिना संस्था र यसका अधिकारीविरुद्ध भएको मानहानिका लागि जिम्मेवार व्यक्तिलाई कानुनी कारबाही गर्न अनुरोध गरिएको छ,’ सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन्सले एक विज्ञप्तिमा भनेको छ ।

गृहमन्त्री सनोल्लाहले पनि खानको आरोप अस्वीकार गर्दै गठबन्धन सरकारले स्वतन्त्र छानबिनको माग गरेको बताए । त्यस्तै प्रधानमन्त्री शरिफले पनि पूर्व प्रधानमन्त्रीमाथि भएको गोलीबारीको निन्दा गर्दै छानबिनको आदेश पनि दिए ।

खान चढेको साधनमाथि भएको आक्रमणमा एक जनाको मृत्यु हुनुका साथै कम्तीमा १० जना घाइते भएका थिए । ७० वर्षीय पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार खानले गत हप्तादेखि लाहोरदेखि इस्लामावादसम्म र्‍यालीको नेतृत्व गरिरहेका छन् ।

भिडियो सन्देशमा ह्वीलचेयरमा बसेका देखिएका खानको देब्रे खुट्टामा भारी पट्टी बाँधिएको थियो । एक घण्टाभन्दा बढी समयसम्म बोल्ने क्रममा उनले सरकार र सैन्य प्रतिष्ठानविरुद्ध आक्रोश पोखे । साथै उनले आफू निको भइसकेपछि इस्लामावादतर्फको लङ मार्च पुनः सुरु गर्ने उनले बताए । इमरानले आफूले आक्रमणमा संलग्न भनेका व्यक्तिको राजीनामा मागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप