आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

शनिबार, १९ कात्तिक २०७९, २१ : ४४
शनिबार, १९ कात्तिक २०७९

पृथ्वीराज मार्गमा पर्ने व्यास नगरपालिका–५ चापाघाट ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । माथिल्लो गुणादीबाट दमौली जाँदै गरेको ग १ त ६७३५ नम्बरको इट्टा बोकेको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा घाइते चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

लमजुङको मध्य नेपाल नगरपालिका-९ दुई पिप्ले बस्ने  २५ वर्षीय सञ्जय श्रेष्ठको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिए ।

घाइते श्रेष्ठको जिल्ला अस्पताल दमौलीमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । ट्याक्टर अनियन्त्रित भएर सडकको नालीमा खसेको प्रहरीको भनाइ छ । –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप