बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

विष्णुलाई भोट माग्न बुटवलमा बद्री

शनिबार, १९ कात्तिक २०७९, २१ : १७
शनिबार, १९ कात्तिक २०७९

रुपन्देही लोक गायक बद्री पंगेनी शनिबार बुटवल आएर एमालेका प्रतिनिधिसभा सदस्य पदका रुपन्देही २ का उम्मेदवार विष्णु पौडेललाई भोट मागेका छन् । 

पंगेनीले भने, ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्याङ्कन गर्नुहोस्, यहाँको विकासले देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ ।’ 

रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका पंगेनीले देशभरमै पौडेल विकासे नेतामध्ये एक भएको दाबी गरे । मुलुकको अहिलेको आवश्यकता विकास र सम्बृद्धि नै भएकोमा पंगेनीले जोड दिए । ‘विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यसका लागि तपाइहरूले विष्णु पौडेलजस्तो नेता पाउनुभएको छ,’ पंगेनीले भने । 

पौडेलको नेतृत्वमा विशेष गरी रुपन्देही र लुम्बिनी प्रदेशमा भएका विकास निर्माणका कामहरूको अथाह प्रमाणहरू खोज्न सकिने गायक पंगेनीले उल्लेख गरे । ‘उहाँले ल्याएका बजेटहरू,योजनाहरू,भिजनहरू, बजेट कार्यान्वयन गर्ने कार्यक्षमता शायदै अरू नेताहरूमा हुनसक्ला,’ पंगेनीले भने, ‘स्थानीय तहका वडा वडासम्म समन्वय गरेर बजेट कार्यान्वयन गर्ने क्षमता उहाँमा धेरै छ ।’ पंगेनीसँगै गायिका पूर्णकला बीसीले पनि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठको पक्षमा गीत गाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप