इरानद्वारा रुसलाई ड्रोन बेचेको स्वीकार

इरानका विदेशमन्त्री हुसेन अमीराब्दुल्लाहियानले युक्रेनमा उनको देशका ड्रोनहरु प्रयोग भएकोबारे आफूहरू बेखबर रहेको बताएका छन् । मन्त्रीले इरानको औपचारिक धारणा युक्रेन द्वन्द्व रोकिनुपर्छ भन्ने रहेको बताए ।
तेहरानमा आयोजित एक बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा अमीराब्दुल्लाहियानले उनको देशले रुसलाई ड्रोन आपूर्ति गरेको पहिलोपटक स्वीकारे । तथापि आफूहरुले युक्रेनमा युद्ध हुनु अघिनै रुसलाई ड्रोन बेचेको दावी उनले गरे । पछिल्लो समय युक्रेन आक्रमणका लागि इरानमा निर्मित ड्रोन प्रयोग भइरहेको आरोप छ ।
‘हामीले युक्रेन युद्धभन्दा महिनौं अघि रूसलाई सीमित संख्यामा ड्रोन आपूर्ति गरेका थियौं ,’ विदेश मन्त्री अमीराब्दुल्लाहियानले भने । यसअघि इरानी अधिकारीहरूले युक्रेनविरुद्धको युद्धमा रुसलाई हतियार दिएको कुरा अस्वीकार गर्दै आएका थिए ।
यही साताको सुरुमा पनि संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत अमिर सईद इरावानीले आफूहरुमाथि लगाइएको ड्रोन बिक्रीको आरोपहरूलाई ‘पूर्ण रूपमा आधारहित’ बताएका थिए । त्यस समय उनले इरान युक्रेनमा जारी युद्धमा तटस्थ रहेको बताएका थिए ।
‘तटस्थता’ को नीति
इरानको खण्डनको बाबजुद अमेरिका र सुरक्षा परिषदमा उसका पश्चिमी सहयोगीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई रुसले युक्रेनमा सर्वसाधारणमाथि आक्रमण गर्न इरानी ड्रोन प्रयोग गरेको बारेमा छानबिन गर्न आग्रह गरेका छन् ।
उता देशको शक्तिशाली अर्धसैनिक रिभोलुसनरी गार्डले विश्वका शीर्ष शक्तिहरूलाई ड्रोन उपलब्ध गराएकोमा अप्रत्यक्षय रुपमा गर्ब व्यक्त गरेको थियो । त्यस्तै देशका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले ड्रोनको प्रभावकारिताको प्रशंसा गर्दै पश्चिमी शक्ति त्यसबाट डराएको भन्दै खिल्ली उडाए ।
शुक्रबार सन् १९७९ को अमेरिकी दूतावास कब्जाको वर्षगाँठमा भएको सरकार प्रायोजित प्रदर्शनमा कयौंले सो त्रिकोण आकारको ड्रोन अंकित प्लेकार्ड बोकेका थिए । युद्धअघि नै ड्रोन आपूर्ति गरिएको स्वीकारे पनि अमीराबदोल्लाहियानले युक्रेनमा तिनको प्रयोगबारे आफूहरू बेखबर रहेको बताए । उनले आफ्नो मुलुक युक्रेनमा युद्ध रोकिनुपर्छ भन्ने पक्षमा रहेको बताए ।
‘यदि (युक्रेन) सँग रसियाले युक्रेनमा इरानी ड्रोन प्रयोग गरेको कुनै कागजात छ भने– ‘उनीहरूले हामीलाई उपलब्ध गराउनुपर्छ । युक्रेनमा जारी युद्धमा रुसले इरानी ड्रोन प्रयोग गरेको प्रमाणित भयो भने हामी उदासिन रहनेछैनों,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ अति आवश्यक