सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धनुषामा आचारसंहिता उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

शनिबार, १९ कात्तिक २०७९, २० : ५४
शनिबार, १९ कात्तिक २०७९

आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ का लागि नेकपा (एमाले) बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुलीकुमारी महतो, प्रदेशसभा ३ (१) का उम्मेदवार जितेन्द्रकुमार यादव, प्रदेशसभा ३(२) का उम्मेदवार दीपेन्द्र ठाकुर, धनुषा–३ का सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल झा, ३ (१) का प्रदेशसभा सदस्य पदका उम्मेदवार रामसरोज यादवलगायत अन्य उम्मेदवारहरूले ब्यानर झुण्ड्याएको करिब एक दर्जन सवारीसाधन धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

आचारसंहिताविपरीत सवारीसाधनमा ठूला–ठूला ब्यानर झुन्ड्याएको, अत्यधिक ध्वनी प्रदूषण हुने गरी डिजेमा प्रचारप्रसार गरेकोलगायत गतिविधि गरेकोले नगरभित्रका विभिन्न चोकबाट नेपाली तथा भारतीय नम्बर प्लेटका सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

थप अनुसन्धान गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयको जिम्मा लगाइएको उनले जानकारी दिए । मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले उक्त घटनाबारे अनुसन्धान सुरु भएको र निर्वाचन आयोगले यसअघि कात्तिक १२ गते पनि धनुषा–३ का उम्मेदवार महतोलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप