मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने काम गर्दिनँ : हुमागाई
काभ्रे क्षेत्र नम्बर-२ का लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवार नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईले आम मतदाताको मनोभावना बुझेर आफूले काम गर्ने बताएका छन् । शनिबार धुलिखेलको श्रीखण्डपुरमा भएको कोणसभामा बोल्दै हुमागाईले मतदाताको आस्था र विचारमाथि ठेस पुग्ने कुनै काम नगर्ने प्रतिबद्धता जनाएका हुन् ।
निर्वाचन जिते लगत्तै ढल प्रशोधन, जीर्ण पुल पुनर्निर्माण र खानेपानी लगायतका स्थानीयका समस्या समाधान गर्न तत्काल काम थाल्ने हुमागाईले प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा आफूलाई मतदान गर्न अनुरोध गरे । उनले धुलिखेलको गीता मन्दिरमा गजुर हाल्ने प्रतिबद्धता समेत हुमागाईले व्यक्त गरेका छन् ।
काभ्रेमा गठबन्धनको तर्फ जनताको आकर्षण बढेको र निर्वाचनको माहौल पनि सोही अनुसार आफ्नो पक्षमा बनिरहेकाले आफ्नो जित निश्चित रहेको उनले दाबी गरे ।
'गत स्थानीय तहको निर्वाचनमा एमालेले नगर प्रमुख पद जितेको धुलिखेल नगरपालिकामा लोकतान्त्रिक–बाम गठबन्धनको पक्षमा माहौल देखिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७९ को लागि गठबन्धनले धुलिखेलका विभिन्न वडामा गरेको घरदैलोमा स्थानीयले उम्मेदवारलाई भव्य स्वागत देखेर विपक्षीहरू डराइ सकेको अवस्था छ ।' उनले भने,'एमालेले जितेको जिल्लाको एक मात्रै स्थानीय तह धुलिखेलमा लोकतान्त्रिक वाम गठबन्धनको पक्षमा जनलहर देखिएकाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारको जित निश्चित भइसकेको छ ।'
गत स्थानीय तहको निर्वाचन २०७९ मा धुलिखेलमा एमालेका जिल्ला अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठ निर्वाचित भएका थिए ।
कोणसभामा प्रदेश सभा २ (क) का उम्मेदवार लक्ष्मण लम्सालले स्थानीयको साथ, सल्लाह र सुझावकै आधारमा विकास निर्माणका काम अघि बढाउने र यसअघि थालिएका सबै योजनाहरूलाई तीव्र गतिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रदेश सरकारबाट बजेट आफूले व्यवस्था गरे पनि कार्यान्वयन स्थानीय तहमार्फत गराउनुपर्ने विधिले गर्दा आफूले गरेको काममा अरूले जस लिएर जनतालाई दिग्भ्रमित गरेको बताए ।
गठबन्धनको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर-२ मा प्रत्यक्षतर्फ उम्मेदवार रहेका नेपाली कांग्रेसका शिवप्रसाद हुमागाई र प्रदेश सभा २ (क) का उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का लक्ष्मण लम्साल लगायत समानुपातिकतर्फ प्रतिनिधि सभाका उम्मेदवार माओवादी केन्द्रका दिलसुन्दर श्रेष्ठ, मिना तामाङ, प्रदेश सभातर्फ कांग्रेसका सुरकृष्ण वैद्य, लक्ष्मी दनुवार, शान्ता थापा क्षेत्री, माओवादी केन्द्रका रुकु चौलागाई, भोला अर्याल, नेकपा (एकीकृत समाजवादी) की कल्पना श्रेष्ठ, हरिगोपाल प्रधानाङ्ग, दिलबहादुर तामाङलगायतका उम्मेदवारलाई धुलिखेलमा स्थानीयले सगुन, फूलमालासहित स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !