नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध छ : श्रीलङ्काली प्रधानमन्त्री
श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनाले नेपाल र श्रीलङ्काबीच ऐतिहासिक र धार्मिक सम्बन्ध रहेको बताएका छन् । दक्षिण एसियाका नेपाल, भारत र श्रीलङ्का पत्रकारहरूसँगको भेटमा प्रधानमन्त्री गुणवद्र्धनाले श्रीलङ्कामा करिब ७२ प्रतिशत बुद्ध धर्मावलम्बी रहेको र नेपालको लुम्बिनी बुद्धको जन्मस्थल भएकाले पनि नेपाल र श्रीलङ्काबीच धार्मिक सम्बन्ध रहेको बताए ।
“राम, सीता र रावणका विषय धार्मिक इतिहासमा छ । अझ आस्थाको केन्द्र पशुपतिनाथ नेपालमा छ । यसले पनि दुई देश बीचको सम्बन्धलाई थप प्रगाढ बनाएको छ”, उनले भने । सङ्कटको समयमा छिमेकी देशले गरेको सहयोग प्रशंसनीय भएजस्तै सञ्चारकर्मीले पनि सकारात्मक समाचार सम्प्रेषण गरेर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
“पछिल्लो समय श्रीलङ्काको अर्थतन्त्रमा केही सुधार आएको छ”, उनले भने, “यहीँ सत्यतालाई नेपाल, भारत र श्रीलङ्काका पत्रकारले जिम्मेवारी पूर्वक सूचना प्रवाह गर्नुपर्ने अपेक्षा राखेको छु ।” दक्षिण एसिया नेपाल, भारत, श्रीलङ्काका पत्रकारको समूहलाई श्रीलङ्काको वर्तमान राजनीतिक, सामाजिक र आर्थिक स्थितिको बारेमा प्रकाश पार्न र आगामी दिनमा थप पर्यटकलाई श्रीलङ्का भ्रमण गराउन आमन्त्रित गरिएको हो ।
टोलीमा सहभागी पत्रकार सम्झना पौडेलका अनुसार यस ‘मिडिया परिचय टुर’ को आयोजना श्रीलङ्काली सरकार, टुरिजम प्रोमोसन ब्यूरो श्रीलङ्का र एसिया मिडिया कल्चर एशोसियशनले गरेको हो । एएमसिएका अध्यक्ष उपुल जानका जय सिङ्गेले पर्यटन प्रवर्द्धन ब्यूरोको तर्फबाट मिडिया परिचय टुरले श्रीलङ्काको मात्र नभइ एसियाली देशको नै पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा राखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’
-
सरकारी फार्मेसीमा सबै औषधि किन पाइँदैन ?