बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मस्कको फोटो राखेर हिन्दीमा ट्वीट गर्ने अस्ट्रेलियन प्राध्यापकको अकाउन्ट सस्पेण्ड

शनिबार, १९ कात्तिक २०७९, २० : ३०
शनिबार, १९ कात्तिक २०७९

एजेन्सी । ट्विटरले अस्ट्रेलियाका हिन्दी भाषाका प्राध्यापक इयान वुलफोर्डको अकाउन्ट निलम्बन गरेको छ । इयानले शनिबार बिहानदेखि उनको अकाउन्टको डिस्प्ले नेम(देखिने नाम) इयान वुलफोर्डबाट बदलेर इलन मस्क बनाएका थिए । त्यसबाहेक उनले आफ्नो ट्वीटर अकाउन्टको बायो, डीपी र कभर फोटोलाई अहिलेको इयान मस्कको अकाउन्टकै जस्तो बनाएका थिए । 

यी परिवर्तनपछि इयानले हिन्दी र भोजपुरी भाषामा एकपछि अर्को ट्वीट गर्न थाले । कयौँ मानिस ती ट्वीटलाई मस्ककै ठानेर झुक्किन पुगेका थिए । रमाइला र व्यङ्ग्यात्मक ट्वीटर कम्पनीमा हाल भइरहेको कर्मचारीको बर्खास्तीको ह्यासट्याग राखेर इयानले नयाँ अकाउन्टमा चर्चित हिन्दी फिल्मको डायलग लेखेका थिए जसको अर्थ हुन्छ, ठुला सहरहरूमा यस्ता साना कुराहरू भइरहन्छन् ।

त्यस्तै अर्को ट्वीटमा इयानले लेखेका छन् ,‘ ट्विटर तेरो टुक्रा टुक्रा हुनेछ’ भन्ने समूहले पनि निलो टिकको लागि ८ डलर तिर्नुपर्नेछ ।’

 मस्कको जस्तो देखिने अकाउन्टबाट हिन्दी ट्वीट आउन थालेपछि मानिसहरूले त्यसमा ध्यान दिन थाले । केही इलनको हिन्दी ट्विट भन्दै रमाइलो मानिरहँदा अन्यले भने इयानले गरेको परिवर्तन पहिचान गरे । तिनैमध्ये केहीले वास्तविक इलन मस्कको अकाउन्टलाई ट्याग गरेर यस हिन्दीवाला खातालाई कारबाही गर्न माग पनि गरे । 

अस्ट्रेलियाको मेलबर्नस्थित ला ट्रोब विश्वविद्यालयमा हिन्दी पढाउने प्रोफेसर इयान सामाजिक सञ्जालमा लोकप्रिय छन् । विशेषतः उनको हिन्दीमा गरिएका ट्विटलाई भारतीयहरूले मन पराउने गरेको पाइएको छ । तर शनिबार साँझदेखि इयानको ट्विटर अकाउन्ट सस्पेन्ड भएको छ । यद्यपि यस विषयमा ट्विटर वा एलोन मस्कको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक बयान आएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप