लागुऔषध सेवन गरेका ४ जना चालक पक्राउ
झापाबाट काठमाडौँ आउँदै गरेको बा ४ ख १९ ५६ नम्बरको हाइस माइक्रो चालक, बा २४ प ११ ४६, बा ७६ प ५३ ८६ र प्रदेश ३-०२-००६ प ८२६ नम्बरको मोटरसाइकलका चालक लागुऔषध सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका हुन् । ४ जनालाई नै आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकजाँचकै क्रममा सोही स्थानबाट मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने २ जना चालकलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखि चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकको सङ्ख्या समेत बढेपछि कारबाहीलाई तीव्रता दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी
-
अर्थतन्त्रका सूचक सुधारोन्मुख बन्दै गएको छ : मन्त्री पौडेल