आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

डिनाको सङ्कल्प : सबल महिला, अवसरमा पहिला

शनिबार, १९ कात्तिक २०७९, १९ : ४०
शनिबार, १९ कात्तिक २०७९

यही मङ्सिर ४ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले आफ्नो सङ्कल्प सार्वजनिक गरेकी छिन् ।

५ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी डिनाले युवाको रोजगारलाई पहिलो प्राथमिकता दिँदै हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोड दिएकी छिन् । सबल महिला, अवसरमा पहिला भन्दै महिला सशक्तीकरणलाई प्राथमिकतामा राखेकी छिन् । विद्यार्थी राजनीति हुँदै संविधान निर्माणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी उनले समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान गर्ने उल्लेख गरेकी छिन् ।

त्यसै गरी शान्ति र समृद्धिको पहिचान, गठबन्धनको सरकार निर्माणमा जोड दिएकी छिन् । प्रत्यक्ष जनताको सुख दुःखमा रहेर काम गर्न र महिला नेतृत्वका लागि भन्दै समानुपातिकतर्फको पहिलो नम्बरमा रहेको आफ्नो नाम छोडेर प्रत्यक्षतर्फ चुनावमा होमिएकी डिनाले सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाहलाई पनि प्राथमिकता दिँदै शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाबाट युवालाई रोजगारी दिने आधारहरू प्रस्तुत गरेकी छिन् ।

सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, विकट भेटमा समेत आवश्यक भौतिक संरचनाको निर्माणमा प्रतिबद्धता जनाएकी छिन् । पूर्व राज्यमन्त्री भएर समेत काम गरिसकेकी उनले सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान र सरोकार रहने उल्लेख गरेकी छिन् ।

विद्यार्थी र महिला नेतृ हुँदै कुशल सहकारीकर्मीको परिचय समेत बनाइसकेकी उनले शिक्षाको क्षेत्रमा समेत योगदान पुर्‍याएकी छिन् । संविधानको रक्षा, राजनीतिक स्थिरता, सदाचारी एवम् सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि नेपाली कांग्रेसको सिफारिसमा सत्तारुढ गठबन्धनले आफूलाई मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बनाएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप