शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वर्षाको गोलमा बंगलादेशमामाथि नेपालको जित

शनिबार, १९ कात्तिक २०७९, १९ : ३५
शनिबार, १९ कात्तिक २०७९

साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । ढाकामा शनिबार भएको खेलमा घरेलु टोली बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा वर्षा ओलीले निर्णायक गोल गरिन् । उनले खेलको ८७ औँ मिनेटमा गोल गरेकी थिइन् । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । नेपाल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले पहिलो खेलमा बिहीबार भुटानलाई ७-० गोल अन्तरले हराएको थियो ।

 बंगलादेश २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बंगलादेशले पहिलो खेलमा भुटानलाई ८-० गोल अन्तरले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप